जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लाभांश घोषणा गरेका पाँच विकास बैंक,कुन कुनको बाँकि छ बुक क्लोज हुन ?

लाभांश घोषणा गरेका पाँच विकास बैंक,कुन कुनको बाँकि छ बुक क्लोज हुन ?

हालसम्म ५ वटा विकास बैंकले आर्थिक वर्ष २०७७/ ८८ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट मुक्तनाथ विकास बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव गरेका हुन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका विकास बैंकमध्ये सबैभन्दा धेरै कामना सेवा विकास बैंकले प्रस्ताव गरेको छ । बैंकले १८ दशमलव ५ प्रतिशत बोनश शेयर र ० दशमलव ९७ प्रतिशत नगद लाभांश गरी कुल १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकले १७ दशमलव ५७५ प्रतिशत बोनश शेयर र ० दशमलव ९२५ प्रतिशत नगद लाभांश गरी कुल १८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शाइन रेसुङगाले १० दशमलव ९३ प्रतिशत बोनश शेयर र ० दशमलव ५७ प्रतिशत नगद लाभांश, लुम्बिनी विकास बैंकले १० प्रतिशत बोनश शेयर र ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश, सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनश र ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।

लाभांश प्रस्ताव गरेका ५ विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो साधारण सभा सम्पन्न गरी प्रस्तावित १० प्रतिशत बोन शेयर र ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ भने कामना सेवा विकास बैंकले पनि लाभांश पारितका लागि कार्तिक २३ गते साधारण सभा बोलाएको छ ।

मुक्तिनाथ विकास बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकले भने साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेका छैनन्। त्यसकारण यी तीन बैंकको शेयर किन्नले प्रस्तावित लाभांश पाउनेछन्

4705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका