
अधिकाँस अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ । सरकारले समयमा भुक्तानी गर्न नसकेपछि ती अस्पतालहरुले बीमा सुविधा बन्द भएको सूचना टाँस गरेका छन् । सरकारले १० वर्ष अगाडि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । २०७२ चैत २५ बाट कैलालीको दुई जिल्लाबाट सुरु भएको यो कार्यक्रम हाल ७७ वटै जिल्ला र ७५३ स्थानीय तहसम्म नै पुगिसकेको छ । यसबाट ३३ लाख घरपरिवारसहितकरिव ४५ प्रतिशत जनसंख्या लाभान्वीत छन् ।
आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गरी आर्थिक कठिनाइ भोग्न नपरोस् र स्वास्थ्य सेवामा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारले ल्याएको बृहत् सामाजिक साझेदारी कार्यक्रम हो । स्वास्थ्य बीमा कार्यक्रम परिवारमा आधारित कार्यक्रम हो । स्वास्थ्य सेवाको क्षेत्रमा पूर्वभुक्तानी र जोखिम न्यूनीकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्ने, वित्तीय साधनको समतामूलक परिचालन गर्ने र स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षता र जवाफदेहितामा सुधार ल्याउनुपर्ने यस कार्यक्रमको उद्देश्य रहेको छ ।
५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार रु २५०० तिर्नुपर्छ र यदि ५ जनाभन्दा बढी सदस्य भए, प्रति थप सदस्य रु। ४२५ को दरले थप रकम तिर्नुपर्छ । आवश्यक पर्दा प्राथमिक स्वास्थ्य केन्द्र तथा सूचीकृत स्वास्थ्य संस्थाबाट अन्तरङ्ग सेवामा परीक्षात्मक, शल्यक्रिया र औषधिजस्ता शुल्क लाग्ने सेवाका हकमा ५ जनाको परिवारका लागि प्रतिपरिवार ५० हजारसम्मको सेवा बीमामार्फंत उपलब्ध गराइनेछ । यदि ५ भन्दा थप सदस्य भए रु १० हजारको दरले बढी रु १,००,००० सम्मको सेवा उपलब्ध गराइन्छ ।
नेपाल सरकारबाट निःशुल्क उपलब्ध गराइएका सम्पूर्ण स्वास्थ्य सुविधाहरू यथावत रहनेछन् । स्वास्थ्य बीमा कार्यक्रममा कस्मेटिक सर्जरी, सहायक यन्त्रहरू जस्तै कृत्रिम अङ्गहरू, वर्षमा एक पटकमा रु। ५०० भन्दा बढी मूल्यको चस्मा, सुन्ने यन्त्र, कृत्रिम गर्भधारणका सेवाहरू, लिङ्ग परिवर्तन, व्यक्तिगत झैझगडा भई चोटपटक लागि सेवा, मादक वा लागू पदार्थ सेवनका कारणबाट भएको दुर्घटनासम्बन्धी उपचार र भर्गपतन सेवा यसले व्यहोर्र्दैन । स्वास्थ्य बीमा कार्यक्रममा जो कोही जुनसुकै समयमा सदस्य बन्न सकिन्छ । स्वास्थ्य बिमा लागू गरेका अधिकाँस अस्पतालले यो सुविधा बन्द गदै लगेका छन् । काठमाडौंको टिचिङ अस्पतालले पनि भुक्तानी नपाएकै कारण यो सुविधा बन्द गर्ने घोषणा गरेको छ । स्वास्थ्य बीमा बन्द हुँदा दिर्घकालीन रोगका बीरामीहरु, क्यान्सर, डायबिटीज, हाइपरटेन्शन, एस्थमा लगायतका बीरामीलाई सबैभन्दा धेरै असर गर्ने छ । उनीहरुले यी रोगमा लाभ लिँदै आएका थिए ।
अलिअलि गर्दै स्वस्थ्य बीमानै बन्दको अवस्थातिर
त्यसो त यो एकै पटक बन्द हुने अबस्थामा आएको भने होइन । सरकारसँग प्रयाप्त बजेट नभएपछि २ बर्ष अघिबाटै स्वास्थ्य बीमा बन्द हुन थालेको हो । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट पहिलैबाट हटाइएको हो । स्वास्थ्य बीमा बोर्डको २ बर्ष अघिको बैठकले नै नीजि अस्पताललाई दिँदै आएको यो सुविधा कटौती गरेको थियो । सरकारको आर्थिक वर्ष २०७९/ ८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएको भन्दै नीजि अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द गराएको थियो । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भनेपनि सरकारी अस्पतालमा यसको चाँप बढ्न थालेको हो । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/ ८१ को बजेटबाटै सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको थियो । तत्पश्चात मेडिकल कलेजहरुले पनि आफूले दिँदै आएको सेवा बन्द गरेका थिए । तथापी स्वास्थ्य बीमा कार्यक्रम संचालनमा रहेका सरकारी अस्पतालमा पनि समस्या भने रहँदै आएको थियो ।

सरकारी तथा सामुदायिक अस्पतालमा बिमितले औषधि नपाउने, नीजि क्लिनीकबाट औषधि कीन्नु पर्ने, समयमा स्वास्थ्य सेवा नपाइने, सेवा प्राप्त गर्न लामो समय लाइनमा बस्नुपर्ने, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद हुने, अस्पतालमा धेरैजसो औषधि नदिएर निजी फार्मेसीमा पठाउने जस्ता समस्या बीरामीहरुले भोग्नु परेको थियो । यस्तो समस्या बढ्दै गएपछि पछिल्लो समय अस्पतालहरुले घुमाउरो शैलीमा बीमा सुविधा कटौती गर्दै आएका थिए । तथापी माघ १ गतेबाट सबैजसो अस्पतालमा स्वास्थ्य बीमा बन्द हुने देखिएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































