
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४० करोड ९९ लाख ४० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
बुधबार दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशतले घटेको हो ।
बैंकको खुद ब्याज आम्दानीमा गिरावट हुँदा नाफा पनि घटेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४ करोड ४५ लाख रुपैयाँबाट घटेर ७४ करोड ७ लाख २० हजार रुपैयाँमा सीमित भएको छ । बैंकको कुल आम्दानी १ अर्ब ५ करोड ९१ लाख रुपैयाँबाट घटेर ७५ करोड ५९ लाख ११ हजारमा सीमित भएको छ ।
यस्तै बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि २ करोड ९४ लाख १ हजार रुपैयाँ छुट्याएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले कर्जा नोक्सानी व्यवस्थाबाट २ करोड २८ लाख ८९ हजार रुपैयाँ फिर्ता गरेको थियो । बैंकको सञ्चालन नाफा ९१ करोड ७१ लाख ८९ हजार रुपैयाँबाट घटेर ५८ करोड ६५ लाख ९० हजार रुपैयाँमा झरेको छ ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९४ पैसाबाट घटेर ३ रुपैयाँ ८० पैसामा झरेको छ । चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोष ३ अर्ब १८ करोड ५७ लाखमा झरेको छ ।
गत असार मसान्तमा ७ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तमा ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा २३ अर्ब २६ करोड २६ लाख रुपैयाँबाट बढेर २७ अर्ब ४१ करोड १६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ६८.४६ गुणा छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































