जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एनआईसी एशियाका ग्राहकलाई अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ गर्दा छुट

एनआईसी एशियाका ग्राहकलाई अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ गर्दा छुट

एनआईसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रालिबीच बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा  ५०० क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा  ३०० क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि एनआईसीएनेपाल, भारतका लागि एनआईसीए र अन्य अन्तर्राष्ट्रिय उडानका लागि एनआईसीएएसआईए प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ ।

सो सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र संस्कृति इन्फोएज प्रालि ९माई ट्रिप टु नेपाल० को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरेका छन् ।

२०७६ कात्तिक २ देखि कात्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

6250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?