
नेपाली काँग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो ।
थापालाई आगामी फागुन २१ गतेको निर्वाचनमा भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय भएको पार्टीका उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
‘स्पष्ट, विनम्र, बोल्ड ढंगले सभापति गगन थापालाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको छौँ ।’, उपसभापति शर्माले भने, ‘काँग्रेसले प्रस्तावित गरेको उम्मेदवार अब्बल नम्बरका साथ अघिल्लो पंक्तिमा उभिने सम्भावना छ ।’
त्यस्तै, उनले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरेका छन् । संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामर्थ्य गगन थापासँग रहेको पनि शर्माको भनाई छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार

































































