
फाइनान्स कम्पनीहरुले नाफामा चमत्कार नै गरेका छन् भन्दा फरक पर्दैन । ६ महिनामा फाइनान्स कम्पनीहरुले ३५ करोड भन्दा बढि नाफा कमाएको तथ्याङ्कबाटै प्रस्ट देखिन्छ । फाइनान्स कम्पनीको मुनाफामा सुधार देखिएको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनी लयमा फर्कि रहेको देखिएको देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ४८ करोड ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको फाइनान्सको नाफा चालु आर्थिक वर्षको सोहि अवधिमा ३५ करोड ९१ हजार रुपैयाँ घनात्मक बन्न पुगेको देखिन्छ । भन्दा फरक पर्दैन ।
यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा मञ्जुश्री फाइनान्स रहेको छ । कम्पनीको दोस्रो त्र्रैमाससम्ममा नाफा १५.६३ प्रतिशतले बढेर १३ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको देखिन्छ । यता, गुडबिल फाइनान्सको नाफा समेत उछाल देखिएको छ । कम्पनीको नाफा ९६५ प्रतिशतले बढेर ११ करोड १७ लाख रुपैयाँ पुगेको हो ।

त्यस्तै, गत वर्ष दोस्रो त्रैमाससम्ममा २५ लाख रुपैयाँ ऋणात्मक रहेको गोर्खाज फाइनान्सको नाफा ६ करोड १६ लाख रुपैयाँ पुगेको छ । सेन्ट्रल फाइनान्सको नाफा १०२२ प्रतिशतले बढेर ३ करोड ९१ लाख रुपैयाँ पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख गरेको छ । भन्दा फरक पर्दैन । पुष मसान्तसम्ममा आइसिएफसि फाइनान्सको नाफा ७०.६५ प्रतिशतले घटेर ३ करोड २० लाख रुपैयाँ पुगेको हो ।
समिक्षा अवधिमा गुहेश्वरी मर्चेन्टको १ करोड ६८ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सको १ करोड २१ लाख, मल्टिप्रपोज फाइनान्सको ७८ लाख ३४ हजार, रिलायन्स फाइनान्सको १७ लाख २३ हजार र समृद्धि फाइनान्सको ११ लाख ६९ हजार रुपैयाँ नाफा रहेको देखिन्छ । सचेत भया ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































