जोडिनुहोस
मङ्लबार, फाल्गुन ५, २०८२
मङ्लबार, फाल्गुन ५, २०८२
  • होमपेज
  • अभिकर्ता संघले बीमा प्राधिकरणमा बुझायो ११ बुँदे सुझाव, समस्या समाधान गर्न माग

अभिकर्ता संघले बीमा प्राधिकरणमा बुझायो ११ बुँदे सुझाव, समस्या समाधान गर्न माग

पेशागत बीमा अभिकर्ता संघ बीमा व्यवसायिक वृद्धिमा हुने समस्या समाधानको लागि बीमा प्राधिकरणमा ११ बुँदे सुझाव पेश गरेको छ । संघले समस्या समाधान गर्न माग गर्दै ११ बुँदे लिखित सुझाव पेश गरेको हो । पेशागत बीमा अभिकर्ता संले हाल भईरहेको बीमा कम्पनीको व्यवसाय वृद्धि अभिकर्ताको मनोबल सुधार तथा समस्त बीमितको सेवा सुविधा एवं मौलिक हकमा बाधा परिरहेको बिषयमा कारण सहित लिखित सुझाव पेश गरेको संघका अध्यक्ष केदारनाथ अधिकारीले बताएका छन् ।

बीमा प्राधिकरणको अस्थिर अध्यक्ष नियुक्ति प्रकृयाको कारण अभिकर्ताको माग सम्बोधनमा समस्या भएको भन्दै संघले लिखित रुपमा ११ बुँदे सुझाव प्राधिकरणमा पेश गरेको हो ।

१. बीमालेख धितो तथा ढिलाई व्याज लागीरहेको चक्रवृद्धि व्याजः

जीवन बीमा कम्पनीले विगत वर्षहरुबाट उपरोक्त ऋण तथा ढिलाई दस्तुरमा न्यूनतम १० देखि १४ प्रतिशत सम्म व्याज लिने र हरेक ६ महिनामा सो व्याज साँवामा परिवर्तन हुने परिपाटीले बीमित धेरै मर्कामा परिरहेको, उक्त व्याज तथा दस्तुर बजारको बैङ्किङ दर र बीमाले लगानी गर्ने दर सँग कुनै पनि तलमेल नहुने साथै चर्को व्याज दरले बीमा समर्पण दर बढाउन ठूलो सहयोग समेत गरेको, हरके ५ वर्षमा साँवा बराबार व्याज पुग्ने भएकोले यो दर मिटर व्याजी जस्तो देखिदा तत्काल परिवर्तन आवश्यक रहेकोले ।

२. विदेशमा रहेका बीमितको बीमा लाभ भुक्तानीः
रोजगार अध्ययन तथा अन्य काम विषयले विदेशमा रहिरहेका तथा राष्ट्रिय परिचय पत्र लगायतका कारणले नेपालका बैंक वित्तीय संस्थामा खाता खोल्न असमर्थ रहेका बीमितको परिपक्क लाभ लगायतका बीमा रकम नीजको इच्छापत्रका आधारमा नजिकको हकवालालाई भुक्तानी दिने व्यवस्था नहुँदा बीमाको नकारात्मक प्रचार भइ बीमा व्यवसाय वृद्धिमा बाधा गरेको ।

३. परिपक्क लाभ भुक्तानीमा दस्तखत मिल्नुपर्ने अनिवार्यताः
विगतको म्यानुएल पेमेन्ट प्रणालीबाट बीमा कम्पनी डिजिटल पेमेन्ट प्रणालीमा परिवर्तन भइ बीमितको नाम, ठेगाना, परिवर्तन शाखा, बैंक खाता, निक्र्योल गरी मात्र रकम बैंकमा जाने हालको परिवर्तत व्यवस्थामा पनि कम्पनीहरु बीमितलाई बोलाई विगत १५–२० वर्ष अगाडिको दस्तखत बैंक सरह मिल्यो या मिलेन भनी हेर्दा केही नमिल्दा पनि भुक्तानीमा आनाकानी भइरहेकोले दावी फस्यौट पुर्जाको बैक दाखिला भौचर वा त्चबलकाभच क्ष्उि लाई नै भुक्तानी पुर्जा मान्ने गरी परिपत्रको आवश्यकता रहेको ।

४. अभिकर्ताको व्यवसाय हस्तानतरणः
बर्तमानमा पेशागत बीमा व्यवसायी, कुनै दिर्घ रोग, बुढ्यौली वा अन्य पेशा विशेषले काम गर्न असमर्थ रहेमा निजको आधिकारिक उत्तराधिकारी परिवारको पहिचान गरी निजलाई उक्त व्यवसाय हस्तानतरण गर्ने व्यवस्था भएमा परिरवारबाट बीमितको अवधिमा सेवा, पेशाको निरन्तरता तथा पेशाप्रति विश्वासको भावना वृद्धि समेत हुने भएकोले भारत लगायतका देशमा रहेको यो व्यवस्था नेपालमा पनि लागु गर्ने परिपाटीको लागि आग्रह गरिएको ।

५. टिओटी तालिमको व्यवस्थाः
नेपालमा भइरहेको मौजदा अभिकर्ता पूर्ण प्रशिक्षित अभिकर्ता नभएको र उनीहरुलाई देशकै माटो सुहाउँदो भाषा, शैली र अनुभवमा हुर्किएको प्रशिक्षकबाट प्रशिक्षण दिदा व्यवसायमा गुणात्मक वृद्धि समेत हुने भएकोले कम्पनीहरुमा कार्यरत अनुभवी अभिकर्तालाई त्इत् तालिमको व्यवस्थाका लागि अनुरोध गरिएको ।

६. कर्मचारीको पारिवारीक अभिकर्ता कोडः
जीवन बीमा कम्पनीम कार्यरत कर्मचरीहरुले आफ्नो परिवारको नाममा सम्बन्धित कम्पनीमै बीमा अभिकर्ता कोड लिइ बीमा गरिरहेको गुनासो पटक पटक आइरहेको, जसले गर्दा तत् कम्पनीका शाखाहरुमा कार्यरत अभिकर्ताको मनोभावना गिर्न गइ व्यवसाय वृद्धिमा बाधा परेको तथा आचारसंहिता विपरित समेत भएकोले सुक्ष्म अध्ययन गरी कारबाही गरिदिनुहुन ।

७. नगद दाखिलाको सिमाः
हालका बैंकिङ प्रणालीमा ४,९९,०००/– सम्म नगद दाखिला गर्न मिल्ने प्रावधान रहेको तर बीमामा ९९,०००/– मात्रै रहेको जसले बीमा किस्ता जम्मा गर्दा असहज, झन्झटीलो खर्चिलो समय भएकोले बैंक सरहको व्यवस्थाका लागि ।

८. संस्थागत बीमा अभिकर्ता (बैंकाइन्स्योरेन्स):
बिगतमा केही समय सञ्चालन भइ यस संघको विरोध प्रकृयागत त्रुटी तथा आम उपभोक्ताको गुनासोका कारण बन्द रहेको संस्थागत बीमा अभिकर्ता पुन सुचारु हुन सकेन भनने तहाँ प्राधिकरणका कर्मचारीको सार्वजनिक अभिव्यक्तिबाट सुनिन आएको सन्दर्भमा एक पटक पूर्ण असफल भइ यस संघ तथा आम बैंक उपभोक्ताको लिखित उजुरीका कारण नेपाल राष्ट्र बैंक बाट रोकिएको उक्त कार्य सुचारु गराउन बीमा प्राधिकरणले पहल नगरिदिन हुन हार्दिक अनुरोध गर्दै सुचारु भएमा यस संघ विरोधका कार्यक्रम राख्न बाध्य हुने छ ।

९. डिजिटल मार्केटिङ्गको सीमा र व्यथितिः
विज्ञानको विकास सँगै व्यवसाय प्रवर्धन गर्ने एउटा शसक्त माध्यम बन्न गएको Digital Marketing लाई आत्मसाथ गर्नु आजको अपरिहार्यता हो । तथापी बीमा व्यवसायी, बीमाको मर्म भावना तथा अभिकर्ताको आचारसंहिता विपरित छुट पाउने लागायतको विषय तथा केही बीमकले नेपाल कै अग्रणी तथा केहीले सो भन्दा विश्वासिलो तथा भरपर्दो भनि अन्य कम्पनीको मानमर्दन हुने गरी रहेको र भोलिको दिनमा अन्य कम्पनीबाट समेत हुन सकेन, यस्ता विज्ञापन प्रति तहाँ प्राधिकरणले सुक्ष्म अध्ययन गरी रोक लगाउनुपर्ने वा थपघट गर्नुपर्ने तर्फ ध्यानदिनुहुन अनारोध साथै Digital प्रविधिबाट कम्पनीहरुले बीमा व्यवसाय गर्दा पुरानै ल्याप्चे छाप जस्ता काम गरेकाले सो कार्य ननदेमिल्ने भएकोले पुनरावलोकन गर्न अनुरोध यसरी व्यवसाय गर्दा व्यवसायिक वृद्धि समेत हुनेछ ।

१०. सम्मान तथा मार्केटिङ:
कम्पनीहरुले गर्ने डिजिटल तथा अन्य मार्केटिङ लाई व्यवासायिक रुपमा बुझ्न सहज हुने गरी गर्न निर्देशन गरी दिन र सम्मान जस्ता कार्य फड्कीलो र अनाधिकृत रुपमा कम्पनी कम्पनी बीमा असोश्य प्रतिस्पर्धा भएकोले त्यसलाई नियमानुसार ठिक्क र समाजले पचाउने खालको गराउनका साथै MDRT प्रतियोगिता भनी कम्पनीहरुले अभिकर्ताहरुलाई प्रतिस्पर्धा गराएकोमा यसको अन्तराष्ट्रिय मान्यता अनुसारको एमडिआरटी बनाउने र योग्यता पुगेका अभिकर्ताहरुलाई कम्पनीहरुले MDRT सदस्यता समेत दिलाएको सूचना प्राधिकरणलाई दिने व्यवस्था मिलाउन ।

११. टिडिएस सम्बन्धमा:
अभिकर्ताहरुले अग्रीम रुपले सरकारलाई १५% टिडिएस तिरी सकेको हुँदा यसलाई नै अन्तिम कर मानी पूर्ण रुपले सरकारले लागि गराउने वातावरण गराई दिन पहल गरिदिन ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका