जोडिनुहोस
सोमवार, फाल्गुन २५, २०८२
सोमवार, फाल्गुन २५, २०८२
  • होमपेज
  • गगनले भने- राजीनामा दिन्छु, विश्वले भने- पर्दैन

गगनले भने- राजीनामा दिन्छु, विश्वले भने- पर्दैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिने मनिस्थितिमा पुगेको जानकारी उपसभापति विश्वप्रकाश शर्मालाई गराएका छन् । सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटमा ससभापति थापाले उपसभापति शर्मालाई चुनावमा भोगेको पराजयको जिम्मा लिँदै पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताएका हुन् ।

‘चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । म राजीनामा दिन्छु,’ गगनलाई उदृत गर्दै स्रोतले भन्यो । गगनले राजीनामा दिने बताएपछि विश्वले निर्वाचनमा पराजित हुनुमा सभापतिको मात्रै दोष नभएको र अहिले राजीनामा दिँदा पार्टी झन अप्ठ्यारोमा पर्ने बताएका थिए ।

रास्वपाको जितभन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केबल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो,’ विश्वलाई उदृत गर्दै स्रोतले भन्यो,’नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सुक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ट्यारो अवस्थामा पुग्न दिनुहुन्न ।’

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?