जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रान्च मेनेजरलाई कुट्ने महिला पक्राउ

ब्रान्च मेनेजरलाई कुट्ने महिला पक्राउ

ऋण नदिएको भन्दै हिमालयन बैंकको ब्रान्च मेनेजरमाथि हातपात गर्ने महिला पक्राउ परेकी छिन् । बैंकको पाल्पा शाखाका ब्रान्च मेनेजर प्रकाश सुवेदीमाथि हातपात गर्ने महिला पक्राउ परेकी हुन् ।

बैंकको ब्रान्च मेनेजरमाथि हातपात गरेको भन्दै उजुरी परेपछि ४५ वर्षीय मञ्जु रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टि गरेको छ ।

पाल्पा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) होम प्रकाश चौधरीका अनुसार रेग्मीलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको चौधरीले जनाएका छन् ।

‘अभद्र व्यवहारको कसुरमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा पक्राउ गरेका हौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै चौधरीले भने, ‘थप अनुसन्धान गर्दैछौँ ।’

355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्