
नेपालको निर्जीवन बीमा बजारमा विगत तीन दशकदेखि सेवा पुर्याउँदै आएको नेको इन्सुरेन्स लिमिटेडले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आफ्नो ’डिजिटल क्यालेण्डर’ सार्वजनिक गरेको छ । प्रविधिमैत्री सेवालाई प्राथमिकता दिँदै कम्पनीले यस वर्षको भित्ते पात्रोलाई डिजिटल स्वरूपमा ल्याएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त उक्त क्यालेण्डरमा आगामी वर्ष २०८३ का सार्वजनिक बिदा, चाडपर्व, विवाह तथा व्रतबन्धका शुभ मुहूर्त लगायतका महत्त्वपूर्ण जानकारीहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
ग्राहकको सहजताका लागि कम्पनीले एक क्यूआर कोड पनि सार्वजनिक गरेको छ । उक्त क्यूआर कोड स्क्यान गरी प्रयोगकर्ताहरूले सजिलै २०८३ सालको क्यालेण्डर हेर्न तथा आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नेछन् । यो सुविधा कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम आदि) मार्फत उपलब्ध गराइएको छ ।
विगत ३० वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा सक्रिय नेको इन्सुरेन्सले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ’ठाउँको ठाउँ’ दावी भुक्तानी र नवीन बीमा योजनाहरू ल्याउँदै आएको छ । यसका साथै कम्पनीले विभिन्न समुदाय, विद्यालय तथा कलेजहरूमा बीमा सचेतना कार्यक्रम र अभिकर्ता तालिम सञ्चालन गरी जनमानसमा बीमाको पहुँच पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । नयाँ वर्ष २०८३ को सुखद अवसरमा कम्पनीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार















































