जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण पाउने !

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न १ करोड ५० लाखसम्म ऋण पाउने !

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न ऋण पाउने भएका छन् । कोषले ल्याएको ‘घडेरी कर्जा’ योजना अन्तर्गत कोषमा आबद्ध श्रमिकहरुले घडेरी किन्न १ करोड ५० लाख रुपैयाँसम्म ऋण पाउने भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त योजनाबारे जानकारी गराएका हुन् ।

योसँगै कोषमा आबद्ध श्रमिकहरुले घडेरी किन्नका लागि ६ प्रतिशत ब्याजदरमा १ करोड ५० लाख रुपैयाँसम्म ऋण लिन पाउनेछन् । कोषले अघि सारेको ‘घडेरी कर्जा’को योजना यो पहिलोपटक हो ।

उक्त सुविधा लिनका लागि कोषमा नियमित रुपमा १८ महिनासम्म आबद्ध भएर मासिक रुपमा योगदान गर्नुपर्नेछ । कोषमा गरिएको योगदानकै आधारमा ऋण प्रदान गरिने श्रममन्त्री यादवले बताएका छन् ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका