जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • महिला साफ च्याम्पियनसिपको प्रसारण अधिकार ‘DGO’ एपलाई

महिला साफ च्याम्पियनसिपको प्रसारण अधिकार ‘DGO’ एपलाई

नेपालको अग्रणी डिजिटल प्लेटफर्म DGO ले दक्षिण एसियाली फुटबल महासंघ (SAFF) महिला च्याम्पियनसिप २०२६ को नेपालका लागि आधिकारिक प्रसारण अधिकार प्राप्त गरेको छ। आगामी जेठ ११ देखि जेठ २२ गतेसम्म भारतमा आयोजना हुने यस प्रतियोगितालाई DGO ले आफ्नो एपमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।

यसअघि फिफा विश्वकप २०२६ को समेत आधिकारिक डिजिटल प्रसारण अधिकार पाइसकेको DGO ले नेपाली खेलप्रेमीहरूका लागि खेलकुदको ठूलो ‘पूल’ तयार पारेको जनाएको छ। DGO का स्पोर्ट्स हेड बिपुल भट्टराईका अनुसार दर्शकहरूले अब महिला साफ, फिफा विश्वकप, र काभा (CAVA) भलिबल जस्ता ठूला खेलकुद प्रतियोगिताहरू एउटै एपमा ‘ब्याक-टु-ब्याक’ हेर्न पाउनेछन्।

यो साझेदारीसँगै DGO ले नेपालको डिजिटल मनोरञ्जन र खेलकुद प्रसारणको क्षेत्रमा नयाँ आयाम थपेको छ, जसले खेलप्रेमीहरूलाई घरमै बसेर गुणस्तरीय रूपमा खेलको आनन्द लिने अवसर प्रदान गर्नेछ।

130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?