जोडिनुहोस
बुधबार, जेष्ठ २०, २०८३
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • केपीएलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने

केपीएलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने

एक्सन स्पोर्ट्स एचडीले कोसी प्राइड लिग (केपीएल)को तेस्रो संस्करण प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
सोमबार केपीएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका ‘कन्टेन्ट हेड’ सञ्जयराज भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
जेठ ९ देखि हुने टी–२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टीभीएसको एन्टोर स्कुटर प्रदान गरिने आयोजक कोसी प्राइड प्रालिले जानकारी दियो ।

यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो । तर, विभिन्न कारण प्रतियोगिता दुईपटक सरेको थियो । अब, भने प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म हुनेछ ।
प्रतियोगितामा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफ्टबाट तीनदेखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् ।
एभरेस्ट थन्डर्स, नुमना ब्लास्टर, इटहरी आदर्श जायन्ट्स, विर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, बीएन कोसी अनर्स र गोर्खा एभेन्जर्सले लिगमा प्रतिस्पर्धा गर्नेछन्

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?