जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • शंकास्पद कारोबारमा निगरानी बढाउन बैंकहरुमा अब छुट्टै एएमएल/सीएफटी युनिट

शंकास्पद कारोबारमा निगरानी बढाउन बैंकहरुमा अब छुट्टै एएमएल/सीएफटी युनिट

शंकास्पद कारोबारमा निगरानी बढाउन अब बैंकहरुमा छुट्टै एएमएल/सीएफटी विभाग वा इकाइ खडा गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।

संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले व्यवस्थापकीय तहको कार्यान्वयन अधिकारी प्रमुख रहने गरी एउटा अलग्गै एएमएल/सीएफटी विभाग वा इकाइ खडा गर्नुपर्नेछ।

कार्यान्वयन अधिकारीको नियुक्ति तथा शंकास्पद कारोबार प्रतिवेदन पठाउने राष्ट्र बैंकले विभिन्न प्रावधान पनि थप गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन अधिकारी नियुक्ति गर्दा निज सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च व्यवस्थापनका कर्मचारीको एकाघर परिवार वा नजिकको नातेदार नरहेको यकिन गर्नुपर्नेछ।

यसैगरी बैंक तथा संस्थाले शंकास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार को विवरण पठाउनुपर्ने भएमा निजबाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउनुपर्ने प्रावधान राष्ट्र बैंकले ल्याएको छ।

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?