जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सर्वोच्च अदालतको फैसला कार्यन्वय हुँदैः हिमालयन र कुमारी बैंकका सिइओ सहित दर्जनौको जागिर संकटमा !

सर्वोच्च अदालतको फैसला कार्यन्वय हुँदैः हिमालयन र कुमारी बैंकका सिइओ सहित दर्जनौको जागिर संकटमा !

अब राष्ट्र बैंकबाट कारवाही भोगेका हिमालयन बैंकका सिइओ अशोक राणा कुमारी बैंकका सिइओ रामचन्द्र खनाल सहित २ दर्जन सञ्चालकहरुको मंहगो जागिर संकटमा फस्ने पक्का पक्की भएको छ । भन्दा फरक पर्दैन । सर्वोच्च अदालतले गरेको फैसला कार्यन्वयनका लागि राष्ट्र बैंक पठाएसंगै सिइओ र सञ्चालकहरुको महंगो जागिर संकटमा फसेको हो भन्दा फरक पर्दैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धितोपत्रसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाउँदै ५६ जना हाइप्रोफाइल व्यक्तिहरूको सेयर कारोबार रोक्का राख्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । ब्यूरोले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम भइरहेको अनुसन्धानका क्रममा उक्त व्यक्तिहरूको लगानी तथा सेयर विवरण रोक्का राख्न आग्रह गरेको हो ।

सीआईबीले २०८३ जेठ ११ गते पठाएको पत्रअनुसार नेपाल सरकार वादी र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सिलसिलामा यो कदम चालिएको हो । विशेषगरी बीमा र वित्तीय क्षेत्रका उच्च पदस्थ व्यक्तिहरू अनुसन्धानको दायरामा परेका छन् । सीआईबीले धितोपत्र बोर्डको अनुसन्धान तथा कारबाही शाखालाई सम्बोधन गर्दै हिमालयन रिइन्स्योरेन्सका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत र विभिन्न मर्चेन्ट बैंकरका सञ्चालकहरूको सेयर रोक्का गर्न निर्देशन दिएको छ ।
ब्यूरोको पत्राचारमा उल्लेख भएअनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला र लगानी समिति सदस्य मनिष कुमारको सेयर रोक्का गरिएको छ । त्यसैगरी, नेपाल माईक्रो इन्स्योरेन्सका सञ्चालकहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, प्रविना दाहाल र सुजल मल्लको नाम पनि सूचीमा समावेश छ ।

गार्डियन माईक्रो लाईफ इन्स्योरेन्सका तर्फबाट डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा लगानी समितिका सदस्यहरू ज्योती प्रकाश पाण्डे र समीर खरेलको सेयर पनि रोक्का राख्न भनिएको छ । हिमालयन लाइफ इन्स्योरेन्सका विवेक कुमार शाह, लक्ष्मण ज्ञावली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला के.सी. र दिगम्बर झा लगायतका पदाधिकारीहरू पनि अनुसन्धानको घेरामा परेका छन् ।

वित्तीय संस्थाहरू अन्तर्गत हिमालय सेक्युरिटीका सञ्चालकहरू सिताराम वाग्ले र आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भका अध्यक्ष शिशिर गैह्रे तथा हिमालयन इन्भेष्टमेन्ट बैंकरका कपिल कुमार दाहाल, राजन प्रसाद अधिकारी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, सुभाष पौडेल, शालिनी संघई र प्रतिक जोशीको सेयर विवरणसमेत रोक्का गर्न ब्यूरोले आग्रह गरेको छ । साथै, सूचीमा क्रेष्ट माईक्रो इन्स्योरेन्सका विदुर पुरी, प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सकी कीर्तीका अग्रवाल र दिनेश सरियालगायत छन् । सीआईबीको यो कदमले वित्तीय बजार र बीमा क्षेत्रमा तरंग पैदा गरेको छ । अनुसन्धानको प्रक्रिया सुरु भएसँगै सम्बन्धित व्यक्तिहरूको लगानीको स्रोत र धितोपत्र कारोबारको वैधताका विषयमा गम्भीर प्रश्न उठेको छ । सीआईबीले कानुनी कारबाहीको प्रक्रियालाई अघि बढाउँदै यससम्बन्धी थप विवरण र विवरणहरू उपलब्ध गराउन नियामक निकाय धितोपत्र बोर्डलाई ताकेता गरेको छ ।

अहिले उक्त मुद्दा अदालतमा प्रवेश गरिसकेको अवस्थामा यी व्यक्तिहरूको सेयर कारोबारमा लगाइएको रोकले अनुसन्धानलाई थप पारदर्शी र निष्कर्षमा पुर्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । दोषी प्रमाणित भएमा धितोपत्रसम्बन्धी ऐनअनुसार कडा कारबाही हुने प्रावधान रहेको छ । यस विषयमा थप कानुनी प्रक्रिया र अनुसन्धानको दायरा कति फराकिलो हुन्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुनेछ । बजारका जानकारहरूले सीआईबीको यो कदमलाई सुशासन कायम गर्ने दिशामा एउटा महत्वपूर्ण प्रयासका रूपमा हेरेका छन् । सचेत भया ।

175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?