जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • बैंकिङ क्षेत्रमा पहिलो पटक एनएमबिले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी

बैंकिङ क्षेत्रमा पहिलो पटक एनएमबिले शुरु गर्यो एआईमा आधारित भिडियो केवाईसी

एनएमबि बैंकले भिडियो कलमा आधारित केवाईसी सेवा शुरु गरेको छ । एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोबार गर्न सकिने गरी बैंकको सेवा शुरु गरेको हो ।

एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटल खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो भएको बैंकको दाबी छ ।
ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकको भनाइ छ ।

‘एनएमबिले ग्राहकका लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा गराउनका लागि बैंकसम्म नगइ बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्ने गरी सुविधा ल्याएको छ,’ बैंकले भनेको छ ।

4795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार