जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हिमालयन बैंक र यूनियनपेको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सुरु

हिमालयन बैंक र यूनियनपेको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सुरु

चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई लक्षित गर्दै हिमालयन बैंक लिमिटेड र यूनियनपे इन्टरनेसनलबीचको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सञ्चालनमा आएको छ । यस सेवाको सुरुवातसँगै चीनमा हुने वित्तीय कारोबार अझ सहज, सुलभ र सुरक्षित हुने अपेक्षा गरिएको छ । नक्सालस्थित काठमाडौं मेरियट होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा यूनियनपे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ बेइले संयुक्त रूपमा उक्त कार्ड सेवाको शुभारम्भ गरेका हुन् ।

यो कार्ड प्रयोग गरी ग्राहकहरूले चीनमा एटीएम, पीओएस, क्यूआर कोड तथा ई–कमर्स प्लेटफर्ममार्फत हुने भुक्तानी सीधै चिनियाँ मुद्रा (सीएनवाई) मा गर्न सक्नेछन् । बैंकका अनुसार यो सेवा अन्य भुक्तानी माध्यमको तुलनामा बढी मितव्ययी हुनुका साथै चीनमा सर्वस्वीकार्य हुनेछ । विशेष गरी चीन जाने नेपाली विद्यार्थी, व्यवसायी तथा पर्यटकहरूले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले स्वीकृत गरेको सीमाभित्रको रकम यस कार्डमा लोड गरी प्रयोग गर्न सक्नेछन् । कार्ड प्रयोगकर्ताले युनियनपे नेटवर्कअन्तर्गत रहेका अलीपे प्लस, वीच्याट पे, निहाओ चाइना जस्ता लोकप्रिय चिनियाँ क्यूआर प्रणालीमार्फत समेत सहजै भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । हिमालयन बैंकले यस नयाँ सेवाले चीन भ्रमणमा जाने नेपालीहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा ठुलो सहजता ल्याउनुका साथै देशको डिजिटल कारोबार विस्तारमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

70
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका