आर्थिक विशेष
शेयर बजारको पुँजीगत लाभकर अन्तिम नै हो, भ्रममा नपर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजारमा लगानीकर्ताहरूले तिर्दै आएको पुँजीगत लाभकर नै अन्तिम (फाइनल) कर भएको स्पष्ट पारेका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पछिल्लो समय पुँजी बजारमा लाभकरका विषयमा विभिन्न शङ्का र भ्रमहरू फैलिएको भन्दै त्यसको खण्डन गरे । अर्थमन्त्री वाग्लेले लगानीकर्ताहरूलाई ढुक्क हुन आग्रह गर्दै भने, ‘पुँजी बजारमा रहेको पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने शंका उठेको पाइयो, यो फाइनल नै हो हजुर फाइनल ।’
पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले करका दर परिवर्तनका विषयमा पृष्ठभूमि प्रस्ट्याउँदै व्यवसायी र लगानीकर्ताहरू आफैँ करको झन्झटबाट मुक्त हुन दर बढाउन तयार रहेको प्रसङ्ग समेत उल्लेख गरे । उनले थपे, ‘५ प्रतिशत वृद्धि गरिदिनु तर हामीलाई यो भार सधैँ झन्झट भयो भन्न आउनेहरू कति थिए थिए, तर हामी उदारवादी भएर ५ प्रतिशतलाई ७.५ प्रतिशत र ७.5 प्रतिशतलाई १० प्रतिशत मात्र गरेको हो ।’ सरकारले लगानीकर्ताहरूको हित र कर प्रणालीको सरलीकरणलाई ध्यानमा राखेर नै निर्णय लिएको भन्दै उनले बजारमा चल्ने अनावश्यक हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































