जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • इन्भेष्टमेन्ट बैंकको ३५ वर्ष, १६९ अर्ब निक्षेप,१५५ अर्ब ऋण बिस्तार

इन्भेष्टमेन्ट बैंकको ३५ वर्ष, १६९ अर्ब निक्षेप,१५५ अर्ब ऋण बिस्तार

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) स्थापनाको ३५औं वर्ष पूरा गरेको छ।

यस अवसरमा बैंकले शुक्रबार कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्नका लागि ‘सम्मान र्‍याली’ को आयोजना गरेको छ।

यसबाहेक, बैंकले स्वास्थ्यकर्मीहरूको लागि उचित ब्याज दरमा प्रवर्द्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ।

बैंकको देशका सातै प्रदेशहरूमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ।

विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा अधिक ग्राहकहरूलाई सेवा पुर्‍याइसकेको बैंकले जनाएको छ।

यो अवधिमा १ खर्ब ६९ रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गरेको छ। विपन्न वर्ग तथा राष्ट्रिय राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्‍याउँदै आएको बैंकले जनाएको छ।

बैंकले ५ अर्ब भन्दा बढीको देशभरि वित्तीय आवश्यता बढी रहेका ३० हजारभन्दा बढी व्यक्तिलाई सिधै लघु कर्जा उपलब्ध गराएको छ।

बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, इ-कमर्स (ई–कम)/अनलाइन भुक्तानी र एसएमई/खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ।

यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक “हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाती” नामक पुस्तक पनि सार्वजनिक गरेको छ। यो पहलअन्तर्गत “चिडियाखानाको भ्रमण” र “बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता,” शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन्, यी चित्रकथा पुस्तकहरु विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएका हुन्।

4330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका