जोडिनुहोस
बुधबार, जेष्ठ २०, २०८३
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • डिशहोमको विश्वकप अफर सार्वजनिक, सिजन पास खरिदमा ३ महिना निःशुल्क

डिशहोमको विश्वकप अफर सार्वजनिक, सिजन पास खरिदमा ३ महिना निःशुल्क

नेपालको एक मात्र डिटिएच टेलिभिजन तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपका रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन् । डिशहोमले सार्वजनिक गरेको विशेष योजनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवाका ग्राहकहरूले आफ्नो ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी ९९९ रुपैयाँमा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनासम्मको निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन् । यो योजना २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको छ ।

फिफा विश्वकप २०२६ अन्तर्गतका कुल १०४ खेलहरू हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । ग्राहकहरूले ती खेलहरू डिशहोमका विभिन्न सेवा प्लेटफर्महरू– डिटिएच, आइपिटिभि, डिगो, केबल टिभि तथा टिटु टिभि मार्फत सहज रूपमा अवलोकन गर्न सक्नेछन् । फिफा विश्वकपको अवसरमा आफ्ना ग्राहकहरूलाई अझ सहज, किफायती तथा उत्कृष्ट मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यले यो विशेष योजना ल्याइएको डिशहोमले जनाएको छ । इच्छुक ग्राहकहरूले आफ्नो नजिकको डिशहोम डिलरमार्फत वा डिशहोमको आधिकारिक वेबसाइटमार्फत सिजन पास खरिद गरी यस योजनाको लाभ लिन सक्नेछन् भने थप जानकारीका लागि डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका