जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • मुक्तिनाथ कृषि कम्पनीले सम्पन्न गर्यो डिलर मिट

मुक्तिनाथ कृषि कम्पनीले सम्पन्न गर्यो डिलर मिट

मुक्तिनाथ बिकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ कृषि कम्पनिले आफ्ना व्यवसायिक साझेदारहरुको बार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ । मुक्तिनाथ विकास बैंककाअध्यक्ष एवम् मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा बिस्तारमा अहोरात्र खटिरहेका व्यवसायिक साझेदारहरुको कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृंखलाको उचित व्यवस्थापन र समग्र कृषि उत्पादन र उत्पादकत्व बृद्धीमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताए ।

उक्त कार्यक्रमलाई संबोधन गर्दै मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले व्यवसायिक साझेदार, कृषि कम्पनि र बैंकको त्रिपक्षीय साझेदारीद्वरा कृषि क्षेत्रलाई उद्यमको रुपमा बिकास गर्दै ग्रामिण क्षेत्रको अर्थतन्त्र उकास्न समग्र कृषि अर्थ चक्रको व्यवस्थित बिकास गर्नुपर्ने र बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनशील क्षेत्र भन्दा बाहिर भइरहेको अवस्थामा अवको लगानी क्षेत्र कृषि हुनुपर्ने कुरामा जोड दिंदै आवश्यकता अनुसार व्यवसायिक साझेदार तथा कृषि उद्यमीहरुसँग वित्तीय क्षेत्रमा प्रत्यक्ष जोडिन तयार रहेको बताए ।

कम्पनीले कृषकहरुको उत्पादन र उत्पादकत्व बृद्वि गर्न आफ्नो वस्तु तथा सेवाहरु देशैभरी पुर्याई बजारको माग अनुसार उत्पादन प्रणालीको विकास गरि कृषि उपजहरुको खरिद सुनिश्चितताका साथ गुणस्तरीय उत्पादन आम उपभोक्ता माझ पुर्याउने उद्देश्यका साथ कार्य गरिरहेको कम्पनीका नायव महाप्रवन्धक रामशरण तिमल्सिनाले बताए । आफ्ना व्यवसायिक साझेदारहरुको व्यवसायिक क्षमता अभिबृद्वि, समस्याहरुको पहिचान, दुरदराजका कृषकहरु माझ सर्वसुलभ रुपमा गुणस्तरीय कृषि प्रविधि तथा सेवाहरु विस्तार गर्न भावी रणनीति समेत तयार गर्ने उद्देश्यका साथ सीएमटि रिसोर्ट, भरतपुरमा संचालित उक्त सम्मेलनमा देशभरका व्यवसायिक साझेदारहरुको सक्रियता पूर्वक उपस्थिति रहेको छ ।

र उक्त सम्मेलनमा Best Channel Partner of the 2078/79 , Best Initiator of the year 2078/79, Yong Agro Entrepreneur of the 2078/79 विधाबाट तत् विधाहरुमा उत्कृष्ट व्यवसायिक साझेदारहरु र कम्पनीको बजार प्रतिनिधि मध्य १ जनालाई MKCL CHAMP of the year 2078/79 विधाबाट सम्मान गरिएको कम्पनीका कर्पोरेट ब्राण्ड एण्ड कम्युनिकेशन विभागका विभागीय प्रमुख रोशन मल्लले बताए ।  । यसबाट ब्यवासायिक साझेदार  तथा कम्पनीको प्रतिनिधिको रुपमा खाटिएका कर्मचारीहरुलाई थप प्रेरणा तथा हौसला मिल्ने कम्पनीका विक्रि विभाग प्रमुख गोपाल लम्सालले बताए ।

चितवनको भरतपुर स्थित चितवन एक्स्पो सेन्टरमा माघ २७ देखि २९ गतेसम्म संचालित पाँचौ रास्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीको अवसर परेर आयोजना गरिएको सो सम्मेलनमा सहभागी व्यवसायिक साझेदारहरुलाइ प्रदर्शनीको समेत भ्रमण गराइएको थियो। सो भ्रमणबाट विभिन्न कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिहरुको बारेमा जानकारी लिई स्थानीय स्तरमा कृषकहरुमाझ प्रविधि प्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने बिस्वास कमपनीले लिएको छ ।

उक्त प्रदर्शनीमा मुक्तिनाथ कृषि कम्पनि प्रदर्शनीको कृषि साझेदारको रुपमा रही कम्पनी मार्फत प्रदान गर्दै आएका नवीनतम कृषि प्रविधि,वस्तु तथा सेवाहरुको बारेमा भ्रमणकर्तालाई सुसुचित गराएको थियो ।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका