
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। शंकास्पद सेयर कारोबार र सम्पत्तिको स्रोतमाथि अनुसन्धान गर्ने सिलसिलामा सम्पत्ति शुद्धीकरण विभागले उनलाई पक्राउ गरेको हो।
पार्टीको प्रदेशस्तरीय पुनर्गठन सुझाव संकलन कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जनाएको छ। पक्राउ परेका उनलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। प्रहरी र विभाग सम्बद्ध स्रोतका अनुसार, थप अनुसन्धानका लागि उनलाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्प अपनाएर काठमाडौं ल्याउने तयारी भइरहेको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































