
बैकिङ कसूर अन्तर्गतको प्रभु बैंक प्रकरणमा उच्च अदालत पाटनले प्रतिवादी ओम प्रसाद पाण्डेलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले पाण्डेसहित बैंकका तत्कालीन अन्य उच्च पदस्थ अधिकारीहरुलाई समेत पूर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लामो समयको अनुसन्धान पश्चात सोमबार अदालतमा पेश गरेको यस मुद्दामा ७२ करोड ७७ लाख ६ हजार ९०० रूपैयाँ ०६ पैसा बिगो कायम गरिएको छ। अदालतको यस आदेशसँगै हाल हिरासतमा रहेका प्रतिवादी पाण्डे जेल चलान भएका छन्। त्यसैगरी, अदालतले यस प्रकरणमा मुछिएर बाहिरै रहेका अन्य प्रतिवादीहरुलाई समेत तत्काल पक्राउ गरी पूर्पक्षका लागि कारागार चलान गर्न प्रहरीलाई निर्देशन दिएको छ।



सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































