जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा मङ्सिर २५ गते

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा मङ्सिर २५ गते

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर २५ गते आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १६.५१ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १६ रुपैयाँ ५१ पैसा नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ को वार्षिक वित्तीय विवरण (आषाढ मसान्त २०७९ मा समाप्त भएको वर्षको वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू) उपर छलफल गरी पारित गर्ने ।

३. संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रति शेयर रू.१६/५१ ( अक्षरूपी सोह रूपैयाँ एकाउन्न पैसा मात्र) का दरले (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

४. बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समिति तथा संचालक समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने ।

५. सर्वसाधारण शेयरधनीहरूको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने ।

4065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?