जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मन्त्रिपरिषद्का निर्णयः नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्का निर्णयः नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले हाल निगमको सञ्चालक समिति अध्यक्ष रहेका श्रेष्ठलाई महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चारकर्मीलाई उक्त जानकारी दिएका हुन् ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने महत्त्वपूर्ण निर्णय गरेको छ । विपद् व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले यस्तो व्यवस्था गरेको हो । यसका साथै, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गरेर देशको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको मन्त्री पोखरेलले बताए ।

यसका अतिरिक्त बैठकले अनुचित लेनदेन (मिटरब्याज) को समस्या समाधानका लागि पनि आवश्यक कदम चालेको छ । मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरूलाई गृह मन्त्रालयमार्फत तत्कालै कार्यान्वयनमा लैजाने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । साथै, कृषिक्षेत्रलाई लक्षित गर्दै आजकै मन्त्रिपरिषद् बैठकले बीउविजन (पहिलो संशोधन) नियमावली, २०८३ लाई समेत स्वीकृत गरेको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका