कर्पाेरेट
मुक्तिनाथ विकास बैंकद्वारा रेडक्रस लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पु¥याउने उद्देश्यले प्रदान गरिएको उक्त उपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न सहयोग पु¥याउनुका साथै रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
यस सहयोगमार्फत मुक्तिनाथ विकास बैंकले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण एवं जनस्वास्थ्य सेवाको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास लिएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































