जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • साउनदेखि बैंक निक्षेपको ब्याजदर थप घट्यो,

साउनदेखि बैंक निक्षेपको ब्याजदर थप घट्यो,

वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। साउन १ गतेदेखि लागू हुने गरी बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१७ प्रतिशत कायम गरेका छन्। यो दर असार महिनाको ४.२६ प्रतिशतको तुलनामा ०.०९ प्रतिशत बिन्दुले कम हो। नयाँ ब्याजदरअनुसार वाणिज्य बैंकहरूले व्यक्तिगतसँगै संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएका छन्। संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर साउनका लागि ३.१२ प्रतिशत निर्धारण गरिएको छ।

यसपटक २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक (३.८५ प्रतिशत), ग्लोबल आइएमई बैंक (४ प्रतिशत), सिटिजन्स बैंक (३.९५ प्रतिशत), एनएमबी बैंक (४.५० प्रतिशत), स्ट्यान्डर्ड चार्टर्ड बैंक (३.८५ प्रतिशत) र राष्ट्रिय वाणिज्य बैंक (४ प्रतिशत) रहेका छन्।

यस्तै, ब्याजदर यथावत् राख्ने बैंकहरूमा कृषि विकास बैंक (४.१५ प्रतिशत), एभरेष्ट बैंक (४.०५ प्रतिशत), नेपाल बैंक (४.२५ प्रतिशत), नेपाल एसबीआई बैंक (४.१० प्रतिशत), लक्ष्मी सनराइज बैंक (४ प्रतिशत), प्राइम कमर्सियल बैंक (४ प्रतिशत), प्रभु बैंक (४.५५ प्रतिशत), माछापुच्छ्रे बैंक (४.५० प्रतिशत), हिमालयन बैंक (४ प्रतिशत), सिद्धार्थ बैंक (४.०५ प्रतिशत), नबिल बैंक (४.५५ प्रतिशत), सानिमा बैंक (४.५० प्रतिशत), नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (४.५० प्रतिशत) र एनआईसी एशिया बैंक (४ प्रतिशत) रहेका छन् ।

साउन महिनामा पनि प्रभु बैंक र नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्। त्यसपछि एनएमबी, माछापुच्छ्रे, सानिमा र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर दिएका छन्।लगातार घट्दो ब्याजदरले निक्षेपकर्ताको प्रतिफलमा दबाब परेको छ भने बैंकहरूमा पर्याप्त तरलता कायम रहेकाले निक्षेप आकर्षित गर्न उच्च ब्याजदरको आवश्यकता कम हुँदै गएको संकेत देखिएको छ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर