जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ सातवटै प्रदेशमा रहेका आफ्ना १४८ शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले कोशी प्रदेशका २०, मधेशका २१, बाग्मतीका ४३, गण्डकीका १३, लुम्बिनीका ३२, कर्णालीका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखामार्फत करिब दश हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेको छ। कार्यक्रममा महिला, विद्यार्थी, कृषक, मजदुर र वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरूलाई वित्तीय साक्षरताको महत्व, डिजिटल बैंकिङको विकाससँगै बढेको जोखिम र बैंकिङ प्रणालीमार्फत नै कारोबार गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो।

यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रलाई सहयोग गरेको छ। यसै क्रममा हुम्लाको सार्केगाड शाखाले स्थानीय श्री हिमज्योति माध्यमिक विद्यालयका बालविकासदेखि कक्षा ८ सम्मका १९६ गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो स्वेटर वितरण गरेको छ।

विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त सिटिजन्स बैंकले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड, जेन–जी सेभिङ अकाउन्ट, फ्रिलान्सर सेभिङ अकाउन्ट, र मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले हाल ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ४५ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर