जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • फान्सका पूर्व राष्ट्रपति सिराकको निधन  

फान्सका पूर्व राष्ट्रपति सिराकको निधन  

(रासस÷एएफपी) फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको बिहीबार निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँ ८६ बर्षको हुनुहुन्थ्यो ।

सिराक फ्रान्सको राजनीतिमा करिब तीन दशक निकै चर्चामा रहनुभएको थियो । पेरिसको नगर प्रमुख, प्रधानमन्त्री हुँदै सन् १९९५ देखि सन् २००७ सम्म फ्रान्सको राष्ट्रप्रमुखका रूपमा उहाँले गरेका कामले उहाँलाई फ्रान्सेलीहरू एक कुशल राजनीतिज्ञका रूपमा चिन्ने गर्छन् ।

“राष्ट्रपति ज्याक सिराकको बिहान परिवारको काखमा स्वभाविक निधन भएको छ,” भूतपूर्व राष्ट्रपति सिराकका ज्वाँइ फ्रेडेरिक सलात बरोक्सले एएफपीलाई बताउनुभयो ।

सिराकको समयमा फ्रान्सको पहलमा यूरोपमा एकल मुद्रालाई प्रचलनमा ल्याइएको थियो । उहाँले अमेरिकाद्वारा सन् २००३ मा इराकमा गरेको आक्रमणलाई सशक्त विरोध गरेकोले वासिङ्टनसँगको सम्बन्धमा समेत समस्या आएको थियो ।

एक राजनीतिक योद्धाका रूपमा फ्रान्सको राजनीतिमा छाएका सिराक सन् १९८१ र १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित हुनुभए पनि सन् १९९५ मा एलिसी दरबारको नेतृत्व लिन सफल हुनुभएको थियो भने सन् २००२ मा पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएका थियो ।

उहाँको निधनपछि फ्रान्सका राष्ट्रपति रिचार्डले सिराकलाई फ्रान्सको इतिहासका रूपमा स्मरण गर्नुभयो ।

9140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका