जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट जेठ १ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार रिलायबल सावधिक जीवन बीमालेख योजनामा प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, रिलायबल लघु सावधिक तथा जीवन बीमालेखमा योजना प्रतिहजार न्युनतम ३० रुपैयाँदेखि बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार लघु सावधिक जीवन बीमा योजना (बीमा समिती) अन्तर्गतको योजनामा प्रतिहजार न्युनतम ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजनामा न्युनतम प्रतिहजार २५ रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, नयाँ बोनसदरमा रिलायबल सुलभ जीवन बीमा योजनामा/रिलायबल सुलभ जीवन बीमा प्लस योजनामा न्युनतम प्रति हजार २४ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँसम्म कायम गरेको छ ।

रिलायबल उच्च शिक्षा बीमा योजनामा न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सावधिक तथा आजिवन बीमा योजनामा न्युनतम प्रति हजार ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ ।

त्यस्तै, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ भने रिलायबल समुन्न्ती जीवन बीमा योजनामा प्रति शजार २० रुपैयाँ बोनसदर कायम गरेको छ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुक्ता मल्य दावी भुक्तानी तथा चालु बीमालेखमा कायम हुने कम्पनीले जनाएको छ ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।

665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका