जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्डले २२.५०% नगद लाभांस दिने

स्ट्याण्डर्ड चार्टर्डले २२.५०% नगद लाभांस दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको भन्दा लाभांस बढाएको छ। बैंकले चालु आर्थिक वर्षको नाफाबाट २२.५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ। पूँजी वृद्धि योजना पछि बोनस शेयर दिएरै पूँजी जुटाएको बैंकले पछिल्लो समय लाभांस दर घटाएको थियो।

नेपाल राष्ट्र बैंकबाट लाभांस वितरणको प्रस्ताव स्वीकृत भए पछि सोमबार सार्वजनिक गरेको हो। बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड रुपैयाँ छ। यस पूँजीको २२.५ प्रतिशत नगद लाभांस अनुसार शेयरधनीहरुले एक अर्ब ८० करोड रुपैयाँ लाभांस प्राप्त गर्ने छन्। बैंकले आगामी हुने वार्षिक साधारणसभामा उक्त लाभांसको प्रस्ताव पेश गर्नेछ।

6395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?