जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिमालयन बैंकले सुरु गर्‍यो एससीटी युनियन पे कार्ड सेवा

हिमालयन बैंकले सुरु गर्‍यो एससीटी युनियन पे कार्ड सेवा

हिमालयन बैंक लिमिटेडले ‘हिमालयन एससीटी युनियन पे कार्ड’ सेवा सुरु गरेको छ । युनियन पेको सहकार्यमा भिडियो कन्फ्रेन्सको माध्यमबाट सेवा शुभारम्भ गरेको हिमालय बैंकले जनाएको छ ।

बैंकका अनुसार सो कार्ड नेपाल तथा भारतका प्रायः सबै एटीएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुने विश्वास बैंकले गरेको छ ।

हिमालयन बैंक लिमिटेडले एचबीएल युनियन पे एससीटीको ब्राण्डेड कार्ड आफ्ना ग्राहकहरुका लागि जारी गर्न सुरु गरेकोमा युनियन पेका प्रतिनिधिहरुले खुसी व्यक्त गरेका थिए ।

यूनियन पे तथा एससीटीसँग सहकार्य गरी ‘एचबीएल यूनियन पे एससीटी कार्ड’ सञ्चालनमा आएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले  खुशी व्यक्त  गरे । उनले नेपालको बैंकिङ क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे, भिसा जारी तथा स्वीकार गर्ने र छिटै डाइनर्स एण्ड डिस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक भएको जिकिर गरे ।

 

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका