राेजगार
१० करोडभन्दा कम पूँजी भएको युनिलिभर नेपालका प्रबन्ध निर्देशकले खान्छन् पाँच करोड तलव

देशकै सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी हो- युनिलिभर नेपाल। कम्पनीको प्रति शेयर मूल्य प्रति कित्ता २० हजार २०० रुपैयाँ छ। कम्पनी शेयर मूल्य ३५ हजार ३५० रुपैयाँसम्म पनि पुगेको थियो।
कम्पनीले गत बर्ष १ अर्ब ६ करोड नाफा गरेर शेयरधनीलाई
यतिधेरै शेयर मूल्य र प्रतिफल दिन सफल कम्पनीका प्रबन्ध निर्देशकले चै कति सुविधा लेलान्? कम्पनीका प्रबन्ध निर्देशक हुन् आशिष राय।
कम्पनीले बिहीबार गरेको बार्षिक साधारणसभामा वितरण गरिएको बार्षिक प्रतिवेदन अनुसार युनिलिभर नेपालका प्रबन्ध निर्देशकले बार्षिक ५ करोड १८ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने गरेको उल्लेख छ।
८ अर्बभन्दा बढि चुक्ता पूँजी र बार्षिक ३/४ अर्ब रुपैयाँभन्दा बढि नाफा गर्ने बैंका सिइओहरुको तलव अढाइ करोड नाघेको छैन। १० करोड रुपैयाँभन्दा कम चुक्ता पूँजी भएको उत्पादनमूलक कम्पनी युनिलिभरका प्रबन्ध निर्देशकले भने पाँच करोड पारिश्रमिकबाहेक पनि अन्य सुविधा पाउँछन्।
उनलाई तलव/भत्ताबाहेक सुविधायुक्त गाडी र आवास पनि उपलब्ध गराइएको छ।
कम्पनीको २६औं बार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार, सञ्चालक समितिको बैठक भत्तामा २ लाख ४३ हजार रुपैयाँभन्दा बढि खर्च भएको छ। सञ्चालक समितिमा ७ जना पदाधिकारी रहेका छन्। तर बैठक भत्ता भने नेपालबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकले मात्र पाउँछन्। यसो हुँदा एक जनाको भागमा एक लाख २१ हजार पाँच सय रुपैयाँ पर्छ।
कम्पनीको ब्यवस्थापनमा रहेका उच्च पदाधिकारीहरुको तलव सुविधामा १७ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ। उच्च पदाधिकारीहरुलाई गाडी सुविधा दिइएको छ।
लेखापरिक्षण प्रतिवेदन अनुसार, कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ। जगेडा कोषमा दुई अर्ब २३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ।
विदेशी विनियममा हुने परिवर्तनले कम्पनीलाई जोखिम सिर्जना गरेको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै बैंकको व्याजदरमा हुने परिवर्तनले पनि जोखिम सिर्जना गरेको बताइए पनि कम्पनीले आफ्नो ठूलो आम्दानी बैंक व्याजबाट आर्जन गरेको देखिन्छ।
युनिलिभर नेपाल हिन्दुस्तान लिभर लिमिटेडको सहायक कम्पनी हो। यसले लाइफब्वाइ साबुन, सन्सिल्क स्याम्फू, लक्स, पोन्डस्, फियर एण्ड लभ्लीजस्ता घरायासी सामान उत्पादन गर्छ
७७० प्रतिशत नगद लाभांस वितरण गरेको थियो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































