जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३

कर्पाेरेट

जनता बैंकको नाफा ३६ करोड

जनता बैंकको नाफा ३६ करोड

ग्लोबल आइएमई बैंकसँग मर्जरको प्रक्रियामा रहेको जनता बैंकले तीन महिनामा ३६ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षको तुलनामा १३ प्रतिशतले नाफा सुधार गरेको हो।

खुद व्याज आम्दानी २५.४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको तीन महिनामा ९९ करोड ७५ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। गत वर्षको सोहि अवधिमा ७९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको थियो।

तीन महिनाको अवधिमा निक्षेप संकलन ३ प्रतिशतले सुधार भएको छ भने कर्जा लगानी २.६१ प्रतिशतले बढेको छ। यसै अवधिमा बैंकले ७५ अर्ब तीन करोड रुपैया निक्षेप संकलन गरी ६८ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको चुक्ता पूँजी ८ अर्ब छ भने जगेडाकोषमा एक अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ। पूँजीकोष अनुपात केहि घटेर १३.०६ प्रतिशतमा झरेको छ। त्यस्तै खराव कर्जा पनि केहि सुधार भएर १.३३ प्रतिशतमा झरेको हो।

आधार व्याजर घटेपनि बैंकले स्प्रेडदर भने थप बढाएको छ। स्प्रेड नेपाल राष्ट्र बैंकको नियम भन्दा माथि ४.९५ प्रतिशत छ। प्रतिशेयर आम्दानी दुई रुपैयाँले सुधार हुँदै १८ रुपैयाँ छ

9450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका