जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंक अब मास्टर कार्ड सञ्जालमा आबद्ध

माछापुच्छ्रे बैंक अब मास्टर कार्ड सञ्जालमा आबद्ध

माछापुच्छ्रे बैंकको सबै एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड स्विकार गर्ने भएको छ। बैंकले बिज्ञप्ती जारी गर्दै आफू मास्टर कार्ड सञ्जालमा आबद्ध भएको जनाएको छ।

नेपाल भ्रमणमा आउने बिदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधाका लागि बैंक मास्टर कार्ड सँग आबद्ध भएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

अब मास्टर कार्ड होल्डरले बैंकको १ सय ७० भन्दा बढी एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भु्क्तानी गर्न सक्नेछन्।

बैंकले छिट्टै नै आफ्ना ग्राहकहरुकालागि मास्टर कार्ड जारी गर्ने जनाएको छ। बैंकले  हाल १ सय ४४ वटा शाखाहरु, १ सय ३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ७० वटा एटीएमहरु मार्फतबाट  बैंकिङ सुविधा दिइरहेको समेत बिज्ञप्तीमा जनाइएको छ

9965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका