जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • डेपुटी गभर्नरलाई दोषी, बर्खास्तमा पर्ने

डेपुटी गभर्नरलाई दोषी, बर्खास्तमा पर्ने

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ अन्तत: बर्खास्त हुने भएका छन्। उनीमाथि लागेको आरोप छानबिन गर्न गठिन राष्ट्र बैंकको समितिले प्रतिवेदन बुझाउँदै आरोपको पुष्टी गरेको छ।

सञ्चालक समितिका सादस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित समितिले मंगलबार प्रतिवेदन बुझाउँदै फाइल लुकाएर कतिपय संस्थालाई गलत काम गर्न प्रोत्साहित गरेको, कारवाही गर्नु पर्ने संस्थालाई कारवाही गर्ने फाइलहरु पनि लुकाएको र सम्पति शुद्धिकरणका कतिपय आरोपहरु सहि सावित भएको प्रतिवेदनमा उल्लेख छ।

समितिमा पौडेलका साथै रामजी रेग्मी र सुवोधकुमार कर्ण सदस्य थिए।

राष्ट्र बैंक सञ्चालक समितिले छानबिन समितिको प्रतिवेदन पारित गरिसकेको पौडेलले जानकारी दिए। आज अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषद् प्रतिवेदन पुग्ने छ।

सरकारको निर्देशनमा राष्ट्र बैंकले छानबिन समिति बनाएर प्रतिवेदन तयार पारेको हो। सरकारले लगाएका आरोपहरु सही सावित भएकाले श्रेष्ठ बर्खास्ती पर्ने निश्चित भएको हो।

श्रेष्ठलाई सरकारले १५ दिनको स्पष्टीकरण दिने समय दिने छ। त्यो चित्त नबुझे बर्खास्त गर्ने छ। श्रेष्ठ निकटहरुका अनुसार उनी अदालत जाने छन्।

11030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?