जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सटिजन्स बैंकको “डिजिटल मन्थ उत्सव” बैशाख महिनाभर छुटै छुटको योजना

सटिजन्स बैंकको “डिजिटल मन्थ उत्सव” बैशाख महिनाभर छुटै छुटको योजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्‌नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा  “Citizens Digital Month Utsav – 19th Anniversary Celebration Campaign 2083″ नाराका साथ २०८३ बैशाख १ गतेबाट २०८३ बैशाख ३१ गते सम्म भव्य रुपमा मनाउने तयारी गरेको छ ।

२०८३ बैशाख महिना भर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्‌ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ । सो अवधिमा बैंकका ग्राहकहरुले आफनो Debit Card लाई POS वा E-Commerce Transaction मार्फत सक्रिय गराएमा कारोवार रकमको १९५ वा अधिकतम् रु.१९०/– क्यास व्याक, मोवाईल बैंकिङ् अथवा Dizi Bank मार्फत E-Com Card अनुरोध गरेमा Issuance Charge मा ५०% छुट, निष्कृय व्यवसायिक QR भएका ग्राहकहरुले आफनो QR सक्रिय गराएमा कारोवार रकमको १९% वा अधिकतम् रु.१९०/– क्यास व्याक, होटल तथा रेष्टुरेन्टहरुमा POS Machine जडान गर्दा कारोवार शुल्कमा निश्चित प्रतिशत छुट, मोवाईल बैंकिङ्ख अथवा Dizi Bank मार्फत Locker सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५०% छुट, पारिवारिक सदस्यहरुको नंया खाता Refer गरेमा प्रति खाता रु.१००/– क्यास व्याक, मोवाईल बैंकिङ् मार्फत International Remittance को रकम भुक्तानी लिएमा रु.२००/– क्यास व्याक जस्ता सुविधाहरु प्रदान गर्ने भएको छ । यी सबै कार्यक्रमहरु बैंकले आफ्‌नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रबद्र्धन गर्ने उद्देश्यले ल्याएको हो । यससँगै सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५०% छुट अफर समेत घोषणा गरेको छ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका