जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२
  • होमपेज
  • लक्ष्मी बैंकका सिइओले बुझे एक करोड २३ लाख रुपैयाँ तलब भत्ता

लक्ष्मी बैंकका सिइओले बुझे एक करोड २३ लाख रुपैयाँ तलब भत्ता

लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतहरुले एक करोड २३ लाख रुपैयाँ तलब भत्ता बुझेका छन्। यो तलब सुविधा यस अगाडिका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिंग र हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बुझेका हुन्।

खालिंग २०७५ कात्तिक १५ देखि बाहिरिएका थिए। खालिंग बाहिरिए सँगै डेपुटी सिइओ शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो।

तलब भत्ता बाहेक प्रमुख कार्यकारी अधिकृतले ४५ लाख एक हजार रुपैयाँको सुविधा लिएका हुन्। तलब भत्ता र अन्य सुविधा सहित प्रमुख कार्यकारी अधिकृतले एक करोड ६८ लाख रुपैयाँ बुझेका हुन्।

त्यस्तै अन्य उच्च तहका प्रबन्धकहरुले तलब भत्ता बापत चार करोड ९७ लाख रुपैयाँ बुझेका छन्।गत आर्थिक वर्षमा ७७ करोड ७१ लाख रुपैयाँ कर्मचारी खर्च सहित कुल व्यवस्थापन खर्च एक करोड ३० लाख रुपैयाँ भएको छ। सञ्चालक समितिले बैठक भत्ता बापत ७ लाख १६ हजार रुपैयाँ बुझेका छन्।

बैंकले आइतबार सम्पन्न गरेको १९ औ वार्षिक साधारणसभाले शेयरधनीहरुका लागि भने ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गरेको छ। शेयरधनीहरुले ४४ करोड ६० लाख रुपैयाँको नगद र ८९ करोड २० लाख रुपैयाँको बोनस शेयर प्राप्त गरेका हुन्।

7245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका