जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • सर्वोत्तम स्टिलले आइपीओ निष्कासन गर्ने, एक सय रुपैयाँमै सेयर जारी गर्ने

सर्वोत्तम स्टिलले आइपीओ निष्कासन गर्ने, एक सय रुपैयाँमै सेयर जारी गर्ने

सर्वोत्तम स्टिल आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीका अनुसार जारी पूँजी मध्ये १२.६६३ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन गर्नेछ।

आइपीओ निष्कासनको प्रबन्ध मिलाउने जिम्मा कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई दिएको हो। शुक्रबार भएको सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट सीइओ आनन्द नेपाल र प्रभु क्यापिटलका प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन्।

क्यापिटलका चिफ विजनेस अफिसर वासु थपलियाका अनुसार कम्पनीले सो सेयर अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँकै दरले जारी गर्ने सम्झौता गरेको हो।

सौरभ ग्रुपद्धारा संचालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दै आईरहेको छ।

4445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका