जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • डा सन्दुक रुइत र कुलमान घिसिङलाई ‘हेमबहादुर मल्ल सम्मान’, जनही दुई लाख पुरस्कार

डा सन्दुक रुइत र कुलमान घिसिङलाई ‘हेमबहादुर मल्ल सम्मान’, जनही दुई लाख पुरस्कार

नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई शुक्रबार ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ।

राजधानीमा आयोजित एक समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरे। साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन संघद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ।

समारोहमा उपराष्ट्रपति पुनले घिसिङ र डा रुइत जस्तै सबै इमान्दार र कर्मठ भइदिए देश बन्न समय नलाग्ने बताए। सबै प्रशासक, कर्मचारी, नेता यस्तै इमान्दार र निःस्वार्थ भइदिए देश स्वर्ग बन्ने उनको भनाइ थियो। उनले नैतिकता र जिम्मेवारी नभुल्नसमेत कर्मचारीलाई आग्रह गरे।

एक जना प्रशासकले इमान्दार भएर काम गर्ने हो भने देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने रहेछ, एकजना चिकित्सक इमान्दार भए सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिने रहेछ भन्ने कुरा प्रस्ट भएको छ, देशमा सेवारत सबैले उहाँहरुबाट शिक्षा लिनुपर्दछ,’ उपराष्ट्रपति पुनले भने।

9290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्