जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भ्रमण बर्षमा सफल बजाउन वित्तीय क्षेत्रलाई राष्ट्र बैंकको पत्र

भ्रमण बर्षमा सफल बजाउन वित्तीय क्षेत्रलाई राष्ट्र बैंकको पत्र

नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले वेवसाइट तथा सामाजिक सञ्जालबाट प्रचार प्रसार गरी सहयोग गर्ने भएका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुको नियमक निकाय राष्ट्र बैंकले एक सुचना जारी गर्दै बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेवसाइट लगायत अन्य आधिकारिक सामाजिक सञ्जालहरुमा नेपाल भ्रमण बर्ष २०२० को लोगो तथा भ्रमण बर्ष सचिवालयको वेवसाइट लिङ्क राख्नको लागि निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो संस्थाबाट गरिने समाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत पर्यटकलाई सहज हुने किसिमको शौचालय, डस्टबिन, पिउने पानी तथा विश्रमस्थलजस्ता पूर्वाधार बनाउने काममा सहभागिता जनाउनु पर्ने पत्रमा उल्लेख छ ।

12450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका