जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता

महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता

महालक्ष्मी विकास बैंकले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गर्ने ग्राहकलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ। ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप उक्त शुल्क फिर्ता गरिएको बैंकले जनाएको छ।

यस सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएको बैंकले जनाएको छ। आगामी दिनहरुमा समेत कर्जाको किस्ता ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बैंकले जनाएको छ।

बैंकले शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत ५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

8895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका