जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल बंगलादेश बैँकद्धारा सिआईएल व्हिलचियर हस्तान्तरण

नेपाल बंगलादेश बैँकद्धारा सिआईएल व्हिलचियर हस्तान्तरण

नेपाल बंगलादेश बैँकले सोमबार बालाजु औद्योगिक क्षेत्रमा रहेको इन्फिनिटी ल्याब्स रहेको १० वटा व्हीलचियर सिआईएल काठमाडौँद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ ।

बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका यी व्हीलचियरहरु पहिलो पटक नेपालमै निर्माण गरिएको जनाएको छ । बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव  गणेश केसीको उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त व्हीलचियरहरु वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दे बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हीलचियर हिड्नु सरह नै हो र यसले उनको दैनिक जीवनको गतिशीलतामा सहज पु¥याउने विश्वास दिलाए ।

10435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?