जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • दुसित थानी हिमालयन रिर्सोटमा सानिमा र वाणिज्य बैंकको सवा अर्ब ऋण

दुसित थानी हिमालयन रिर्सोटमा सानिमा र वाणिज्य बैंकको सवा अर्ब ऋण

दुसित थानी हिमालयन रिर्सोट एण्ड स्पाको फाइनान्सियल क्लोजर वित्तीय व्यवस्थापन भएको छ। काभ्रेको नमोः बुद्धमा यो होटल निर्माणाधीन छ।

होटलका लागि सानिमा बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकसहित १ अर्ब २७ करोड लगानीका लागि सम्झौता भएको छ। होटलको निर्माण ओमस्टोन एसिया क्यापिटलले गरिरहेको छ। सन् २०२० डिसेम्बरभित्र संचालनमा ल्याउनेगरि तयारी भइरहेको लक्जरियस हाइ इण्ड रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी दुसित थानीले लिएको छ।

दुसित थानीले यसअघि पोखरास्थित फूलबारी रिसोर्टमा केही समयका लागि व्यवस्थापनको जिम्मा पाएको थियो। तर त्यसमा नयाँ संचालक आएपछि नेपाल हस्पिट्यालिटी क्षेत्रमा दुसित थानीको व्यवस्थापकीय यात्रा टुंगिएको थियो। व्यवस्थापनका लागि कम्पनीलाई तीन वर्षअघि होटल अन्नपूर्णले पनि ल्याउने योजना बनाएको थियो। तर त्यो योजना पनि पूरा हुन सकेको थिएन।

वेलनेस कन्सेप्टमा संचालनमा ल्याउन लागिएको नमोः बुद्धको रिसोर्ट ६२ रोपनी क्षेत्रफलमा छ । २५ प्रतिशतभन्दा कम क्षेत्रफल अकमोडेसन लागि प्रयोग गरिएको र बाँकी क्षेत्रफल ओपन स्पेस राखिएको छ। मुलगेटबाट रिर्सोट परिसरमा छिरेपछि सवारीसाधन सोझै पार्किङमा पुग्नेछ।  ४९ वटा रुम बाहेक १९ वटा भिल्ला छ । रिसोर्टमा १५ सय स्क्वायर फीटदेखि ३५ सय स्क्वायर फीटसम्मको कोठाहरु छन्। रिसोर्टमा रेष्टुरेण्ट, सेमिनार हल, वेलनेस स्पा, सुइट रुम, ब्याङकेट हल र स्विमीङ पुल लगायत विभिन्न कक्ष छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ किलोमिटर दुरीमा रहेको यो लक्जरीयस हाइ इण्ड रिसोर्टको सिभिल वर्क अब २० प्रतिशतमात्रै बाँकी छ। रिसोर्ट निर्माणका लागि इन्टेरियर डिजाइन, लाइटिङ, ल्याण्ड स्केप, फ्यासिलिटिज प्लानिङ लगायत सम्पूर्ण कुरा थाइल्याण्डको अन्तर्राष्ट्रिय स्तरका कम्पनीमार्फत गरिएको छ। रिसोर्टको स्ट्रक्चर डिजाइनको काम भने नेपालकै सी इन्जिनियरिङले गरेको छ।

दुसित होटल्स एण्ड रिसोर्टको व्यवस्थापनमा बहराइन, भुटान, चीन, इजिप्ट, केन्या, माल्दिभ्स, फिलिपिन्स, कतार, सिंगापुर, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका र भियतनाम लगायतको मुलुकमा लगायत मुलुकमा ४३ वटा भन्दा बढी हाइ इण्ड होटल र रिसोर्ट संचालित छन्।

सन् १९४८मा संस्थापक थानपुयीङ चानुत पियावी द्वारा स्थापना गरिएको दुसितद्वारा पहिलो संचालित चारोएनक्रुङस्थित होटल प्रिन्सेस थियो। हाल यो कम्पनीले विश्वभर होटल, आतिथ्य र शिक्षा लगायत क्षेत्रमा आफ्नै मौलिक र अपूर्व व्यवस्थापन सम्हाल्दै आएको छ।विश्वभर कम्पनीको दुसित थानी, दुसित डि टु, दुसित प्रिन्सेस र दुसित देवार्ना लगायत चारवटा ब्राण्ड संचालित छन्।

हाल कम्पनीको विश्वभर ३३ वटा प्रोपोर्टी संचालित छन् भने विभिन्न मुलुकमा ५० वटा निश्चित आयोजना पाइपलाइनमा छन्। कम्पनीले सन् १९९३ मा स्थापना गरेको दुसित थानी कलेजले हस्पिटालिटीमा पोष्ट ग्राजुएट हस्पिटालिटी डिग्री संचालनमा ल्याएको थियो। दुसितको कोर्डोन ब्लेउ दुसित कुलिनरी स्कुल बैंकक र पटायामा छ।

7900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका