जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • राजस्व घटेपछि लक्ष्मी इन्टरकन्टिनेन्टल विद्युतीय गाडीमा एग्रेसिभ

राजस्व घटेपछि लक्ष्मी इन्टरकन्टिनेन्टल विद्युतीय गाडीमा एग्रेसिभ

हुण्डाई गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले  विद्युतीय गाडीमा कर घटाउने निर्णयको स्वागत गर्दै एग्रेसिभ रुपमा बजार विस्तारको घोषणा गरेको छ।

कम्पनीले राजस्व घटेपछि विद्युतीय गाडीमा उपभोक्ता आकर्षित हुने जनाउँदै इभी बेच्न चार्जिङ स्टेशनमा ठूलो लगानी गर्ने जनाएको छ। कम्पनीले नेपालका विभिन्न २१ ठाउँमा चार्जिङ प्वाइन्ट स्थापना गरेको जनाउँदै ती प्वाइन्टमा हुण्डाईका गाडीले निशुल्क चार्ज गर्न पाउने जनाएको छ।

कम्पनीका अनुसार एलआइ अटो सर्भिस कुपन्डोल, एलआइ क्विक्स तीनकुने, लबिम मल पुल्चोक, न्यू शिवा सर्भिस सिनामंगल, हुण्डाई सेल्स नक्साल, हुण्डाई सेल्स थापाथली, बाराही सर्भिस सेन्टर पोखरा, विन्द्या सर्भिस सेन्टर पोखरा, पोखरा ग्रान्ड होटल, जगत मोटर्स भैरहवा, सिद्धि विनायक सर्भिस बुटवल, न्यू राइडर सर्भिस दाङ, एचआइएम इन्टरकन्टिनेन्टल नेपालगंज, दिनेश फोर ह्विल धनगढी, अर्किड मोटोकर्प वीरगंज, रोयल अटो वर्ल्ड विराटनगर, पाथिभरा अटो लिंक इटहरी, पिनाकल सर्भिस भरतपुर र एलाइन्स मोटर्स विर्तामोडमा चार्जिङ प्वाइन्ट छन्।

राजस्व घटेपछि हुण्डाई कोना सय किलो वाट ब्याट्री भएको मूल्य ५६ लाख ९६ हजार र कोना १ सय ५० किलोवाट ब्याट्री भएको गाडीको ७१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको छ। कम्पनीको आइकोनिक एक सय किलोवाट ब्याट्री भएको गाडीको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ तोकेको छ।

4025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका