जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बिओकेद्वारा रक्तदान तथा सहयोग हस्तान्तरण

बिओकेद्वारा रक्तदान तथा सहयोग हस्तान्तरण

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले आफ्नोे संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश नं. ५ अन्र्तगत नेपालगन्ज प्रादेशिक कार्यालयमा आयोजना गरीएको रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको बिशेष उपस्थितीमा उक्त कार्यक्रम सञ्चालन गरीएको थियो ।

साथै, बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरीएको हो ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

9560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?