जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज बैंकले मध्यपुर हस्पिटल र मेमोरियल हस्पिटलमा पीपीई हस्तान्तरण

सनराइज बैंकले मध्यपुर हस्पिटल र मेमोरियल हस्पिटलमा पीपीई हस्तान्तरण

संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सन््राइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गर्दै आएको छ । यसै अन्तर्गत बैंकले मध्यपुर हस्पिटल,ठिमी र श्री मेमोरियल हस्पिटल, बनेपामा व्यक्तिगत सुरक्षात्मक उपकरण जम्मा १२ थान प्रति हस्पिटलका साथै २५०० मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको छ ।

उक्त सामाग्री बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मध्यपुर हस्पिटलका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ र  मेमोरियल हस्पिटलका Director, Head Department of Cardiology डा. शिवजी विक्रम सिलवाललाई हस्तान्तरण गर्नुभएको हो ।

हालसम्म सन््राइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराई सकेको छ र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउदै जाने जनाएको छ । अहिलेको परिस्थितीमा डिजिटल बैकिङ्ग मार्पmत कारोबार गर्न सम्पुर्ण ग्राहकहरुलाई अनुरोध गर्दै बैंकले आफ्नो सबै डिजिटल माध्यमहरुबाट सुरक्षित तरिकाले कारोबार गर्नसकिने जनाएको छ ।

11025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका