जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ज्योति लाईफको सीईओमा प्रकाश विक्रम खत्री नियुक्त

ज्योति लाईफको सीईओमा प्रकाश विक्रम खत्री नियुक्त

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्री नियुक्त भएका छन । कम्पनीको  संचालक समितिको वैठकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ नियुक्तीका स्विकृति बीमा समिति बैशाख १७ गतेको पत्रबाट स्वीकृती प्राप्त गरेको थियो ।

ज्योति लाईफ इन्स्योरेन्सको स्थापनादेखि नै कार्यकारी उपप्रमुखको रुपमा कम्पनीको व्यवस्थापन कालदेखि नै कार्यरत थिए । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिंङ्ग, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्यअनुभव हासिल गर्नु भएका खत्रीले बेलायतको सबै भन्दा ठुलो बैंक बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए ।

बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक विताए पछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गरेका थिए ।

व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दखल भएका खत्रीको प्राथमिकता सहभागितामुलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत शुसाशन, ग्राहकमैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ ।

8095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्