जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • खुल्दै सेयर बजार, २ प्रतिशत घटबढ हुँदा सर्किट ..?

खुल्दै सेयर बजार, २ प्रतिशत घटबढ हुँदा सर्किट  ..?

चैत्र ११ गते देखि बन्द भएको सेयरबजार बैशाख ३० गते मंगलवारदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले एक सूचना जारि गर्दै कार्यालयहरु आइतवारदेखि र सेयर कारोबार मंगलवारदेखि खोल्न निर्देशन दिएको छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले  नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर र ब्रोकरसँगको छलफलपछि धितोपत्रको दोस्रोबजार कारोबार खोल्ने निर्णय गरेको  बताए ।

अहिलेका लागि बजार दैनिक दुई घण्टा ११ बजेदेखि १ बजे सम्म मात्रै खुल्ला हुने छ। दिनमा ३ प्रतिशत भन्दा बढी परिवर्तन नहुने गरि कारोबार गर्ने व्यवस्था गरिएको छ।

कारोबारको रकम अनिवार्य रुपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने र साउन १ गते पछि कारोबार पनि अनिवार्य रुपमा अनलाइन माध्यमबाट गर्नुपर्ने बोर्डले जनाएको छ।

लगानीकर्ताले अनिवार्य रुपमा मेरो सेयरबाट राफासाफ गर्नुपर्ने र असार सम्म मेरो सेयरको खाता खोल्दा शुल्क नलाग्ने पनि बोर्डले जारि गरेको सूचनामा उल्लेख छ।

धितोपत्रको कारोबार सँग सम्बन्धि कार्यालय खोल्दा एक तिहाइ कर्मचारी मार्फत आलोपालो गरि खोल्न बोर्डले निर्देशन दिएको छ।
त्यस्तै एक तिहाई कर्मचारीको लागि एक चौथाई सवारीलाई मात्र बोर्डले पास दिने जनाएको छ। त्यसको लागि कार्यालय प्रमुखले सवारी साधनको विवरण बोर्डमा दिनुपर्ने छ।
लगानीकर्तालाई पनि पास चाहियमा ब्रोकरको सिफारिसमा एकपटकको लागि पास उपलब्ध गराउने बोर्डले जनाएको छ।

8065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका