जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सनराइज बैंकको वितरण योग्य नाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ

सनराइज बैंकको वितरण योग्य नाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सनराईज बैंकको नाफा २३.७१ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तको तुलनामा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा खुद नाफा २९ करोड ८ लाख रुपैयाँले घटाएर ९८ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकद्धारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

सो अवधिमा बैंकले ८६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब १४ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

जसबाट बैंकले २ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ । जुन गत आवको चैत मसान्तको भन्दा १३.२६ प्रतिशत अर्थात ३५ करोड ६ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै सो अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस्तै, चालु आवको चैत मसान्तसम्म बैंकको खराब कर्जा अनुपात १.३२ प्रतिशत, कष्ट अफ फण्ड ७.२७ प्रतिशत, बेसरेट १०.०२ प्रतिशत, स्प्रेडरेट ४.८६ प्रतिशत र सीसीडी रेसीयो ७६.३७ प्रतिशत रहेको छ ।

साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४१.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ ।

12910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका